अब युट्युव पनि फेसबुकजस्तै बन्दै ; च्याट र कम्युनिटी पेज थपिँदै
6-November-2016

फेसबुकले भिडियो सामाग्रीमा जोड दिएर कडा चुनौती दिएपछि युट्युवले पनि आफ्नो रणनीति परिवर्तन गर्न थालेको छ ।
भिडियो साइटका रुपमा मात्र सिमित रहेको युट्युवमा अब सोसल मिडियाका फिचरहरु पनि थपिने भएका छन् । जसले गर्दा अब तपाइाले कुनै युट्युवमा मन परेको भिडियो सेयर गर्न फेसबुक, ट्वीटर वा ह्वाट्सएपजस्ता प्लेटर्फमको सहयोग लिइरहनुपर्ने छैन् ।

अब तपाइँले युट्युवमै साथीहरुको नेटवर्क बनाउन सक्नुहुनेछ, उनीहरुसँग सम्बाद गर्न सक्नुहुनेछ र युट्युवमै भिडियो बाहेक अन्य अक्षर र तस्वीरहरु पनि सेयर गर्न सक्नुहुनेछ ।

फेसबुक वालजस्तै कम्युनिटी पेज

युट्युवले अब फेसबुक वालजस्तै फिचर भएको ‘कम्युनिटी पेज’ ल्याउँदैछ । जसमा भिडियो उत्पादकहरुले बिभिन्न तस्वीरहरु अपलोड गर्न पाउनेछन्, आफ्ना फलोअरसाग सम्बाद गर्न पाउनेछन र स्टाटस पनि लेख्न पाउनेछन् ।

युट्युवमा भिडियो हेरेपछि त्यसबारे छलफल वा अन्तरक्रिया गर्न फेसबुक, ट्वीटर वा म्यासेजिङ एपहरुको प्रयोग भइरहेको सन्र्दभमा युट्युवले सो कामका लागि अब युट्युव छाड्नु नपर्नेगरी पेज ल्याउन लागेको हो ।

हाल केही भिडियो उत्पादकहरुलाई परिक्षणका रुपमा यो फिचर प्रयोग गर्न दिइएको छ । सर्वसाधारणका लागि खुला गरिएपछि प्रयोगकर्ताले युट्युव एपभित्र ‘कम्युनिटी’ भन्ने ट्याब देख्नेछन् जहाँ उनीहरुले बिभिन्न कन्टेन्ट अपलोड गरेर छलफल गर्न सक्छन् ।

ह्वाट्सएप, भाइबर र स्न्यापच्याटजस्तै म्यासेन्जर पनि

युट्युवले म्यासेन्जर एपहरुले लिएको बजारलाई पनि आफ्नो कब्जामा लिन खोजिरहेको छ । जसका लागि युट्युवले एपभित्रै च्याट गर्न मिल्ने ‘इनएप म्यासेन्जर’ ल्याउँदै छ । यसमार्फत् प्रयोगकर्ताले साथीलाई एड गर्न, उनीहरुसँग कुराकानी गर्न र भिडियो सेयर गर्न पाउनेछन् । सोसल म्यासेजिङ एप र फेसबुक म्यासेन्जरका फिचरहरु पनि युट्युवमै दिने उसको योजना रहेको छ ।

सोसल मिडियाले भिडियो सेयरिङमा जोड गरिरहेका बेला युट्युवले आफ्नो पुरानो स्वरुप र चरित्रलाई बदल्दै सोसल मिडिया र म्यासेजिङ एपका फिचरलाई पनि समावेश गर्न लागेको हो ।

Events
Random Picks