' नट माई प्रेसिडेन्ट ’ भन्दै ट्रमविरुद्ध अमेरिकामा प्रदर्शन
10-November-2016

न्यूयोर्कः नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमविरुद्ध अमेरिकाका विभिन्न शहरमा प्रदर्शन भएको छ।

बुधवार हिलारी क्लिन्टनलाई पराजित गर्दै अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका ट्रम्पको बिरोधमा न्यूयोर्क, क्यालिफोर्निया लगायत शहरका विभिन्न स्थानमा प्रदर्शन गरेका हुन्।

नवनिर्वाचित राष्ट्रपति ट्रम्प आप्रवासी विरोधी नीति तथा समलिंगी अधिकार विरोधी भएको भन्दै नागरिकहरुले सडकमा ओर्लिएका हुन्। न्यूयोर्कमा रहेको ट्रम्प टावरबाहिर प्रदर्शनकारीहरुले विरोध जनाएका थिए। न्यूयोर्कमा करिव ५ हजारको संख्यामा सडकमा उत्रिएका प्रदर्शनकारीहरुले ट्रम्प टावरअगाडी पुगेर प्लेकार्ड प्रर्दशन गर्दै नाराबाजी गरेका थिए

प्रदर्शनकारीहरुले राष्ट्रपति ट्रम्पको विरोध गर्दै ‘उनी मेरा राष्ट्रपति होइनन्, गो अवे ट्रम्प’ भन्दै नारा लगाएका छन्। नवनिर्वाचित राष्ट्रपति ट्रम्पको विरोधमा न्यूयोर्कसहित क्यालिफोर्निया, वासिङटन डिसी, बोष्टन, सिकागो, अटलान्टा, सान फ्रान्ससिस्को लगायत शहरमा हजारौंको संख्यामा प्रदर्शनकारी सडकमा ओर्लिएको सीएनएनले जनाएको छ।  

Related Images