सेक्स गर्नेबेला चर्को आवाज निकालेपछि जेलको बास
2-June-2015

जक्सन डटकम, १९ जेठ । सेक्स गर्ने बेलामा चर्को आवाज निकालेको आरोपमा एकजना महिलाले जेलको चिसो खानुपरेको छ । ब्रिटेनको बर्मिंघममा अदालतले ‘सेक्स गर्ने बेलामा चर्को आवाज ननिकाल्न’ दिएको आदेश पालना नभएपछि ती महिला जेल जानुपरेको हो ।

बर्मिंघमको स्माल हीथ ईलाकामा बस्दै आएकी गेमा बेललाई सेक्स गर्ने बेलामा चर्को आवाज गरेकोले दुई हप्ताको जेल सजाय अदालतले सुनाएको हो । जजका अनुसार उनलाई यो सजाँय समाज विरोधी काम गरेबापत दिईएको हो । ‘उनले अदालतको आदेश उल्लंघन गरेकी छन् । र, छिमेकीलाई चर्को आवाज निकालेर समस्यामा पारेकी छन् ।’ निर्णय सुनाउने बेलामा अदालतका निर्णायकले भने ।

चर्को आवाज निकालेर झन्झट दिएको भनेर एकजना छिमेकीले अदालतमा उजुरी दिएका थिए । ती छिमेकीले दिएको उजुरीको क्रममा भनेकी छन्–‘गेमाले सेक्स गर्ने क्रममा निकै ठुलो ठुलो आवाज निकालेर चिच्याईन । यो क्रम करिब १० मिनेटसम्म चल्यो । र, हामी निन्द्राबाट ब्यूँझनुप¥यो ।’

Events
Random Picks