२६ महिला गलत पुरुष शुक्राणुले गर्भवती
28-December-2016

बिबिसि/पौष १३ । नेदरल्याण्डको एक आइभीएफ सेन्टरका अनुसार उपचारका लागि आएका २६ महिला गलत पुरुषको शुक्राणुले गर्भवती भएका छन् ।

यूट्रेच युनिभर्सिटी मेडिकल सेन्टर ९यूएमसी० का अनुसार सन् २०१५ को अप्रिलदेखि सन् २०१६ को नोभेम्बरसम्म भएको प्रक्रियात्मक गडबडीका कारण यस्तो समस्या निम्तिएको सेन्टरले स्विकारेको छ ।

सेन्टर भन्छ, ‘२६ दम्पत्ति जसले यहाँ उपचार गराए तीमध्ये आधा जोडीमा गर्भधारण भइसकेको छ वा उनीहरुको बच्चाको जन्म भइसकेको ।’

यसबारे ती मानिसहरुलाई जानकारी दिइसकिएको सेन्टरले बताएको छ ।

Write a Comment

Events
Random Picks