राष्ट्रपतीय चुनावमा ट्रम्पलाई सहयोग गर्न रुसी राष्ट्रपति पुटिनको प्रत्यक्ष निर्देशन
6-January-2017

पुस २३ रुष । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई जिताउने गरी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सहयोग गर्न निर्देशन दिएको प्रतिवेदन सार्वजनिक भएको छ । अमेरिकी गुप्तचर विभागले अमेरिकी राष्ट्रपतीय चुनावमा पुटिनको निर्देशनमा दखल दिने काम भएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको हो । 


प्रतिवेदनमा पुटिनले डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई नोक्सानी हुने र ट्रम्पले जित्ने गरी अभियाना चलाउन निर्देशन दिएको उल्लेख गरिएको छ । 

पुटिनको निर्देशनमा भएको अभियान अन्तर्गत डेमोक्र्याटिक पार्टी तथा हिलारी क्लिन्टनको इमेल ह्याक गरिएको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ  । यस्तै रुसी अभियान अन्तर्गत क्लिन्टनको चुनावी अभियान व्यवस्थापन प्रमुख जोन पोडेस्टासहित क्लिन्टनका नजिकका सहयोगीको पनि इमेल ह्याक भएको थियो ।


रुसले लामो प्रयासपछि अमेरिकी स्वतन्त्र प्रजातान्त्रिक व्यवस्थालाई कमाजोर पार्न प्रयास गरेको गुप्तचर विभागको प्रतिवेदनमा उल्लेख छ । अमेरिकी गुप्तचर विभागले पहिलो पटक राष्ट्रपतीय चुनावमा रुसले गरेको ह्याकिङ तथा त्यसको उद्देश्यसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।


रिपोर्टमा भनिएको छ ‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपतीय चुनावलाई प्रभावित पार्ने गरि अभियान चलाउन निर्देशन दिएको प्रष्ट भएको छ । 

Write a Comment

Events
Random Picks