अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्धारा देशको गुप्तचर विभागको आलोचना
11-January-2017

पुस २८ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन डोनाल्ड ट्रम्पले देशको गुप्तचर विभागको आलोचना गरेका छन्  ।रुससँग राष्ट्रपतिमा निर्वाचित ट्रम्पबारे आपत्तिजनक जानकारी रहेको भन्ने अमेरिकी गुप्तचर विभागको दस्तावेज लिक भएको हो । यो दस्तावेज लिक हुनुमा गुप्तचर विभाग नै जिम्मेवार रहेको भन्दै ट्रम्पले आलोचना गरेका हुन । 

गएको नोभेम्बरमा भएको चुनावमा विजयी भएपछिको पहिलो पत्रकार सम्मेलनमा ट्रम्पले रुससँग आफू विरुद्ध आपत्तिजनक जानकारी छ भन्ने दस्तावेज आधारहिन र झुट रहेको दाबी गरे । गुप्तचर विभागको लिक भएको दस्तावेजमा रुसी अधिकारीसँग ट्रम्प यौनकर्मी महिलासँग गएको भिडियो रेकर्डिङ रहेको उल्लेख छ ।

यस्तै ट्रम्पको व्यवसायका बारेमा पनि विस्तृत जानकारी रुसी अधिकारीसँग रहेको र यसले ट्रम्पलाई असर गर्न सक्ने दस्तावेजमा उल्लेख छ । 

गुप्तचर विभागले गलत तथा झुटो खबर सार्वजनिक हुन दिनु लज्जास्पद रहेको ट्रम्पको भनाई छ ।

नाजी जर्मनीले गर्ने जस्तै व्यवहार गुप्तचर विभागले गरेको ट्रम्पको आरोप छ । गरेको चुनावी अभियानदेखि नै ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच राम्रो सम्बन्ध छ । ट्रम्पले रुससँग सम्बन्ध सुधारको कुरा गर्दै आएका थिए ।


तर गएको राष्ट्रपतीय चुनावमा पुटिनको निर्देशनमा डेमोक्र्यापिटक पार्टी तथा हिलारी क्लिन्टनको इमेल ह्याक भएको प्रतिवेदन गुप्तचर विभागले सार्वजनिक गरेको छ । विभागले रुस ट्रम्पलाई जिताउने पक्षमा लागेको आरोप पनि छ ।