आइफोनजस्तै देखिने बन्दुक, प्रहरी तनावमा
14-January-2017

आइफोन जस्तै देखिने एक बन्दुकको विषयमा युरोपका पुलिस तनावमा छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार एक पटक अमेरिकामा यसको बिक्रि सुरु हुने बित्तिकै यसलाई निकै सजिलोसँग युरोपमा तस्करी गर्न कोसिस गरिने पुलिस अधिकारीले आशंका व्यक्त गरेका छन् ।

बन्दुकको आकार ९ मिलिमिटर हो र यसलाई निकै सजिलोसँग लुकाउन सकिन्छ । आइफोनजस्तै देखिने यो बन्दुक एक बटन थिच्नेबित्तिकै हतियारमा परिणत हुन्छ ।

इभनिङ स्ट्यान्डर्ड नामको पत्रिकाका अनुसार बन्दुक अमेरिकामा सार्वजनिक हुनेबित्तिकै आपराधिक तत्वले यसलाई युरोपमा तस्करी गर्ने कोसिस गर्ने विषयमा युरोपका पुलिस त्रसित भइरहेका छन् ।

बन्दुकको मूल्य करिब ५३ हजार रुपैयाँ हो अर्थात् एउटा आइफोनभन्दा पनि कम मूल्यमा यो उपलब्ध हुनेछ ।

बेल्जियम पुलिसलाई यसबारेमा जानकारी दिइएको बताइएको छ ।

बेल्जियन पुलिसको एक अलर्टमा भनिएको छ, ‘यसलाई आइफोनभन्दा भिन्न देखिन मुश्किल छ ।’

बन्दुक बनाउने कम्पनी भन्छ, ‘स्मार्टफोन हरेक ठाउँमा छन् त्यसकारण तपाईंको बन्दुक निकै सजिलो स्मार्टफोनजस्तै देखिन्छ । जब यो लक हुन्छ तब यसलाई चिन्न निकै मुश्किल पर्छ ।’

बन्दुकको बिक्रि अमेरिकामा अर्को हप्ता सुरु हुनेछ ।

बीबीसी

Write a Comment

Events
Random Picks