नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट
17-January-2017

माघ ४, काठमाडौं । नेपाल(चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदैछ ।

कार्यक्रममा सहभागी हुन चीनको १४ सदस्यीय उच्चस्तरीय टोली सोमबार नै काठमाडौं आइपुगेको छ ।

सिन्हृवा न्यूज एजेन्सी काठमाडौं ब्यूरो र नेपाल स्टडी सेन्टरको आयोजना हुन लागेको सम्मेलन दुई दिनसम्म चल्नेछ ।

सम्मेलनमा नेपाल चीन सम्वन्धका आधार, चासो र पूर्वाधार विकासबारे छलफल हुनेछ ।

पूर्व प्रधानमन्त्री केपी ओली प्रमुख आतिथि रहेको कार्यक्रममा पूर्वउपप्रधानमन्त्रीद्धय नारायणकाजी श्रेष्ठ र कमल थापा, कांग्रेस महामन्त्री शंशाक कोइराला लगायतले पनि धारणा राख्नेछन् ।

चिनियाँ टोलीमा भने चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग सदस्यका साथै पूर्वाधार विकासका विज्ञ समेत छन् ।

Events
Random Picks