हावामा उड्ने छाता : मूल्य दुई लाख
1-February-2017

के तपाईंलाई पानी पर्दा छाता बोकेर हिँड्न झन्झट लाग्छ ? यदी लाग्छ भने सम्झनुस अब तपाईंका दुखका दिन चाँडै सकिनेछन् । तर, मोटो रकमको जोगाड गरिराख्नुस ।

तपाईं जस्ताको सुविधाका लागि आउन लागेको छ, ड्रोन छाता । यो छातालाई हातले समाइराख्नु पर्दैन । यसले आफैं टाउको माथि-माथि उडेर पानीबाट जोगाउँछ । सेमी-अटोनोमस ड्रोनको मद्दतले यो छाता बनाइएको हो । यसले प्रयोगकर्ताको चाललाई ट्र्याक गरेर भिज्नबाट बचाउँछ ।

ड्रोन बेच्ने कम्पती ‘ड्रोन्सडाइरेक्ट’ ले ‘अम्ब्रेला ड्रोन’ को नाममा ड्रोन छाता आविश्कार गरेको हो । यसमा डिजेआइ फान्टोम ४ क्वाडकप्टरको प्रयोग गरिएको छ । सामान्य छाताको तुलनामा यो औधि महंगो छ । कम्पनीले जारी गरेको मूल्य विवरण अनुसार यसलाई १ हजार २ सय ९९ पाउन्ड अर्थात करिब एक लाख ८० हजार रुपैयाँ पर्न जान्छ ।

ड्रोन्सडाइरेक्टका अनुसार ड्रोन छाता अहिले परिक्षणको क्रममा छ र यो बजारमा आउन केही समय लाग्नेछ । यो वषर्ात्मा मात्र नभएर गर्मीमा घामबाट जोगिन पनि काम लाग्ने कम्पनीको भनाई छ ।

अम्ब्रेला ड्रोन प्रोडक्ट पेजमा लेखिएको छ, ‘यो छाता तपाईंहरुको शिरमाथि मडारिन्छ र तपाईंको स्मार्टफोनको जिपिएसको मद्दतले तपाईंलाई ट्र्याक गरिरहन्छ । तपाईं जहाँ जाँदा पनि यसले पछ्याउनेछ । अचानक आउने तीव्र हावाको झोकालाई यसले सामना गर्न सक्छ भने यो रुख, पोल, पर्खाल इत्यादीमा नठोकिने गरी डिजाइन गरिएको छ ।’

Write a Comment

Events