कस्ले कति मूल्यमा किन्ला संसारको सबैभन्दा पुरानो भेस्पा स्कुटर ?
26-March-2017

एजेन्सी

चैत १३ – संसारको सबैभन्दा पुरानो भेस्पा स्कुटर बिक्रि हुने तयारीमा छ । यो स्कुटरलाई सन् १९५३ मा बनेको एन्ड्रु हेपबर्नको फिल्म ‘रोमन होलिडे’ मा देखाइएको थियो ।

उक्त स्कुटर ३ लाख युरोमा लिलाम हुने सम्भावना रहेको स्रोतले बताएको छ । स्कुटरको चेसिस नम्बर १००३ हो । यो इटालीको वाहन विनिर्माता कम्पनी पिआजियोद्वारा निर्मित तेस्रो भेस्पा स्कुटर हो ।

– यो पिआजिओको ‘जिरो’ श्रङ्खलाको स्कुटर हो जसमा ६० प्रोटोटाइप छ । यस्तै प्रकारले बनेको दुई प्रोटोटोइप स्कूटर यद्यपी अहिले अस्तित्वमा छैन ।

– अनलाइन लिलामी गर्ने कम्पनी क्याटाविकिमा भेस्पा स्कुटरका विशेषज्ञ डेविड मेरलीले भने, ‘हामीलाई विश्वास छ कि कोही नीजि संग्रहकर्ताले स्कूटरलाई खरिद गर्नेछन् वा कुनै संग्रहालयले पनि यसलाई खरिद गर्नेछन् ता कि यसलाई भविष्यका पीढिका लागि इटलीको ऐतिहासिक वस्तुको रुपमा प्रदर्शित गर्न सक्षम हुनेछन् ।’

उक्त स्कूटरलाई सन् १९४६ मा हातले बनाइएको थियो र अहिले पनि यो चल्नसक्ने स्थितीमा नै छ । दोस्रो विश्वयुद्धभन्दा पहिले पिआजियोले मुख्य रुपमा लडाकू विमान बनाउँथ्यो तर युद्धको समाप्ति पछि कम्पनीलाई हतियार बनाउने अनुमती दिइएन । त्यसपछि पिआजियोको प्रबन्धनले आफ्नो विनिर्माण चालस् राख्यो र अहिलेको निकै चर्चित स्कुटरको निर्माण सुरु गरिदियो ।

Write a Comment

Events
Random Picks