भारतमा माओवादी आक्रमणमा २५ प्रहरीको मृत्यु
25-April-2017

एजेन्सी, वैशाख १२ 

भारतको छत्तीसगण राज्यमा माओवादी लडाकुको आक्रमणमा २५ जना प्रहरीको मृत्य भएको छ भने ६ जना सख्त घाइते भएका छन्। सोमबार माओवादी नियन्त्रित क्षेत्र बुर्कापालको सुकमा भन्ने स्थान उक्त आक्रमण भएको थियो। 

उक्त क्षेत्रमा निर्माण भइरहेको बाटो माओवादीको नियनत्रणबाट मुक्त गर्न सरकारले त्यहाँ प्रहरी परिचालन गरेको थियो।            

त्यहाँ १५० जना प्रहरीको समुहलाई ३००-४०० जना माओवादीले आक्रमण गरेका थिए। घटनामा २ घण्टा दोहोरो भिडन्त भएको थियो।

एक महिनाअघि मात्र छत्तीसगढमा भएको माओवादी आक्रमणमा १३ जना प्रहरी मारिएका थिए।   

सन् २०१० मा सुकमा क्षेत्रमा भएको माओवादी आक्रमणमा ७६ जना प्रहरी मारिएका थिए। भारतका निश्चित क्षेत्रहरु माओवादी विद्रोहीको नियन्त्रणमा छ।

तर पछिल्ला वर्षहरुमा उनीहरुको प्रभाव हराउँदै गएको छ।       

Hyundai

nic asia

 

- See more at: http://setopati.com/raajneeti/67920/#sthash.WguwFC7d.dpuf

Write a Comment

Events
Random Picks