टर्कीको हवाई आक्रमणबाट सिरिया र इराकमा दर्जनौं कुर्द लडाकु मारिए
25-April-2017

काठमाडौं, बैशाख १३

अमेरिकाले सिरिया र इराकमा टर्कीले गरेको हवाई आक्रमणमा दर्जनौं कुर्द लडाकु मारिएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ । इस्लामिक अतिवादी समुह आईएस विरुद्धको गठबन्धनसँगको समन्वय विना आक्रमण गरिएको भन्दै ह्वाइट हाउसले चिन्ता जनाएको हो ।

अमेरिका समर्थित कुर्द लडाकुको समूह वाईपीजीले आफ्नो आधार क्षेत्रमा आक्रमण भएको जनाएको छ । यो समूहलाई टर्कीले कुर्द पृथकतावादीसँग सम्बन्धित मान्दै आएको छ । कुर्द लडाकु इस्लामिक अतिवादी समुह आईएस विरुद्ध संघर्षरत छ ।

इराक सरकारले पनि आफ्नो मुलुकमा टर्कीले गरेको आक्रमणको निन्दा गरेको छ । टर्कीले भने आक्रमणबारे रुस र अमेरिकालाई जानकारी दिएको जनाएको छ । (एजेन्सी)

 

Write a Comment

Events
Random Picks