अमेरिकामा मोदीबिरुद्ध कपि राइट मुद्दा
13-June-2015

नेपालीमुलका फोटो पत्रकार विमल नेपालले खिचेको तस्विर बिना स्वीकृति र बिना क्रेडिट आफ्नो फेसबुक वालमा प्रयोग गरेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी कानूनी झन्झटमा फसेका छन्। अमेरिकाको बोस्टनमा बस्दै आएका पत्रकार नेपालले खिचेको तस्विर मोदीले ९ महिनाअघि दिपावलीका बेला आफ्नो फेसबुक वालमा प्रयोग गरेका थिए।

पत्रकार नेपालका तर्फबाट बोस्टनस्थित कानूनी सहयोग तथा परामर्शदाता संस्था ‘फिस एण्ड रिचर्डसन'ले भारतिय प्रधानमन्त्री मोदीविरुद्ध कानूनी प्रक्रिया सुरु गरेको हो। 

 

उक्त संस्थाले शुक्रबार विज्ञप्ति जारी गर्दै मोदीविरुद्ध अमेरिकी कपि राइट लअनुसार प्रक्रिया थालिएको जानकारी गराएको छ। एक सय वर्षभन्दा पुरानो उक्त संस्थाले कला र कलाकार सम्बद्ध यस्ता मामिलामा  निःशुल्क कानूनी सहयोग र परामर्श दिंदै आएको छ। 

 

फिस एण्ड रिसर्डसनले कपि राइटविरुद्धको कानूनी प्रक्रियाबारे शुक्रबारै नरेन्द्र मोदीलाई इमेलमार्फत् जानकारी गराएको छ। यस्तै यस सम्बन्धी कागजात अमेरिकी कुरियर सेवा प्रदायक फेडेक्समार्फत् पनि मोदीका लागि पठाइएको छ। 

http://global.setopati.com/america/778/

Write a Comment