सिरियामा बेचिएकी नेपाली चेली रेश्मीलाई उद्धार गर्न अभिनेत्री रेखाको अपिल
15-June-2015

काठमाडौं, जेठ ३२ – हाल अमेरिकामा रहेकी नायिका रेखा थापाले सिरियामा बेचिएकी रेष्मी थापा मगरलाई तत्काल उद्धार गर्न अपिल गरेकी छन् । बुटवल शंकनगर–३ घर भएकी रेसमी थापा मगरले सामाजिक सञ्जालमार्फत ‘म बाँच्न चाहन्छु सरकार’ भन्दै थापा मगरको अपिल सामाजिक सञ्जालमा सेयर भएपछि अभिनेत्री थापाले उनको उद्धार गर्न अपिल गरेकी हुन् ।

अभिनेत्री थापाले आफ्नो फेसबुक पेजमार्फत लामो स्ट्टस लेख्दै बेचीएकी थापा मगरलाई बचाउन अपिल गरेकी हुन् । आफ्नो नागरिकलाई सरकारले संकटको समयमा पनि साथ दिन नसकेको भन्दै थापाले आक्रोश समेत पोखेकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘‘दोषी किटानी गरेर विदेशबाट सोसियल मिडियामार्फत ज्यान बचाउन आह्रवान गर्दा पनि , आफ्ना जनतालार्इ बिपत अनि आपतको समयमा अलि कति पनि भरोशा दिन नसक्ने सरकार किन चाहियो ?  सरकार, जनताको लागि हो या जनता, सरकार को लागि नेपालमा बुझ्न सकिएन ?’ अभिनेत्री थापाको फेसबुक स्ट्याटस पढ्न यहाँ क्लिक गर्नुहोस् अभिनेत्री थापाले चेलीबेटी बेचविखन विरुद्व अभियना चलाउने समेत फेसबुकमार्फत आह्वान गरेकी छन् । ‘हामीले धेरै सुन्यौं, चेलीबेटी बेचविखनका कुरा, अब यसको अन्त्यको लागि आउनुस् । आजैबाछ एक भएर सडकबाट हुन्छ कि कहाँबाछ हुँछ, राष्ट्रिय अभियान सुरु गरौं ।’ भन्दै फेसबुकमा लेखेकी छन् ।