नेपालीसंगै काम गर्न रुचाउँछु : ओवामाको सल्लाहकार समिति सदस्य सञ्जिता
15-June-2015

वाशिंगटन डिसी, जेठ ३२  – अमेरिकाका राष्ट्रपति बराक ओवामाको सल्लाहकार समिति सदस्यसंग यहाँ एक अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ l  अमेरिकाको जर्जियाको एटलाण्टा स्थित नासिया (नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका)ले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो  l उक्त कार्यक्रममा ओवामाको सल्लाहकार समिति सदस्य नेपाली मुलकी संजिता प्रधानलाई सहभागीहरुले बधाई दिनुको साथै भब्य स्वागत गरेका थिए l उक्त दूर संबाद माध्यमबाट गरिएको अन्तरक्रिया कार्यक्रममा अमेरिका तथा क्यानाडाबाट विभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो l कार्यक्रममा मन्तब्य राख्दै प्रधानले भूकम्प पिडित ,अस्थाई संरक्षण दर्जा (टिपीएस ),अन्य बिबिध बिषयलाई समेट्दै आफ्नो पदको भूमिका बारेमा बताएकी थिइन्  l प्रधानले आफ्ना कुराहरु राख्दै कार्यक्रममा आफुलाई बोल्ने अवसर दिएकोमा हर्ष व्यक्त गर्दै संस्था तथा पदाधिकारीलाई धन्यबाद दिईन l आफ्नो काम निकै चुनौतीपूर्ण छ भन्दै आफु आएको ९ बर्षमा निकै मेहनत गर्नु परेको बताउदै आफु यस ठाउँमा पुग्दा अन्य एसियन समुदायमा एक प्रकारको जलन हुन पनि सक्ने रहेको आफुलाई लागेको बताईन l र ,आफ्नो काममा सम्मान भएकोमा आफुलाई खुशी लागेको बताउदै आफुले एसियन समुदाय संग काम गर्नु पर्ने छन् भन्दै आफु नेपाली समुदाय संग काम गर्न रुचाउछु भनिन l प्रधानले अगाडी भनिन, ‘ हामीले दोश्रो पुस्ताको लागि काम गर्नु पर्ने अपरिहार्यता रहेको छ, नेपाली समुदायले समाबेसी  हुनु पर्ने छ l

समाबेसी भएमा हामी तल्लो स्तर बाट राज्य स्तर र राज्य स्तर बाट केन्द्रमा पुग्न सक्ने छौ  l उक्त कार्यक्रममा अधिकांस भूकम्प तथा अस्थाई संरक्षण दर्जा (टेम्पोररी प्रोटेक्टेड स्ट्याटस) बारेमा ज्यादा चर्चा भएको थियो l नासिया(नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका)का जन सम्पर्क समितिका संयोजक प्राध्यापक डा नर काजी गुरुङले उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली र नेपालको हितको लागि बिशिष्ठ व्यक्तित्वलाई छलफलमा बोलाउने गरेको जानकारी गराएका थिए l डा गुरुङले संजिता प्रधानको संक्षिप्त परिचय दिएका थिए भने अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले जिज्ञासा राखेका थिए l संजिता प्रधानले सबैको जिज्ञासाको उत्तर दिएकी थिइन् l संस्थाको तर्फ बाट डा गुरुङले धन्यबाद दिएका थिए भने कार्यक्रमको सभापतित्व संस्थाका सभापति राम चन्द्र बराल(बिद्या वारिधि )ले गरेका थिए l डा बरालले संजिता प्रधानलाई कार्यक्रममा स्वागत गर्दै बधाई दिएका थिए भने राष्ट्रपति ओबामाले प्रधानलाई नियुक्ति गरेकोले नेपाली समुदायमा रौनक आएको बताएका थिए l 

Write a Comment

Events
Random Picks