गुगलले भारतको बेइज्जत गरेको भन्दै आक्रोश, गुगल विरुद्ध मुद्धा चलाउन माग (फोटो फिचर)
15-June-2015

केही दिन अघि मात्र विश्वप्रसिद्ध इन्टरनेट सर्च इन्जिन गुगलमा भारतीय प्रधानमन्त्रीलाई चर्चित अपराधीको सूचीमा देखेपछि भारतीयहरु आगो भए । गुगल सर्चमा चलेको ट्रेण्डिङमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वका टप टेन अर्थात शीर्ष १० अपराधीको सूचीमा दोश्रो नम्बरमा परेपछि गुगललाई क्षमा याचना गर्नु पर्ने अवस्था आयो ।

तर पनि त्यसपछि पनि गुगलमा अहिले सर्च गर्दा “Top 10 criminals in India” मा मोदीको तस्विर शीर्ष स्थानमा आइरहेको छ ।

गुगलले क्षमा याचना गर्दा सर्चमा विशेष ट्यागलाइन राख्दै सर्च गर्दा देखिएका कुरा आफ्नो मान्यता र विचारसँग साइनो नराख्ने समेत स्पष्ट पारेको थियो । तर भारतीय मिडियामा गुगलप्रतिको आक्रोश कम भएको छैन ।

भारतको चर्चित पत्रिका दैनिक भास्करले गुगलले भारतको बेइज्जत गर्न खोजेको भन्दै फिचर नै प्रकाशित गरेको ।भार गरिवको गाइ जस्तो जसले चाहे पनि लठ्ठी प्रहार गर्न सक्ने चिज नभएको भन्दै उक्त फिचरमा गुगलमा भारतमाथि ज्यादती भएको भन्दै त्यसप्रति आपत्ति जनाइएको छ ।

गुगलले भारतको छवि नै विगार्न खोजेको भन्दै उक्त फिचरमा कहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ठग त कहिले लता मंगेशकरलाई चोर भनेर चित्रित गर्ने गरिएको आरोप लगाइएको छ ।

चीनमा देशको छवि विगारेको भन्दै गुगललाई निकाला गरिएको स्मरण गराउँदै उक्त अखबारले भारतले पनि गुगलविरुद्ध कानूनी लडाइँ लड्नु पर्ने सुझाव दिएको छ ।

भारत सरकार चुप बस्न नहुने भन्दै उक्त अखबारले युरोपेली देशहरुले जस्तै छवि विगारेको आरोपमा गुगलविरुद्ध मुद्धा चलाउनु पर्ने निष्कर्ष निकालेको देखिन्छ ।

खासगरी People in car, People in train, People in bus, People in bike र People in metro जस्ता कि वर्डमा भारतको हुर्मत नै लिइएको उक्त अखबारको गुनासो छ ।

यही विषयमा गुगलका अधिकारीसँग दैनिक भास्करले लिएको अन्तर्वार्तामा उनले गुगलमा प्रकाशित हुने सामग्रीमा आफ्नो कुनै आग्रह मिसिएको नहुने स्पष्ट पारेका  छन् । यद्यपी कुनै सरकार वा संस्थाले विशेष उजुरी दिएमा भने त्यस्ता सामग्री हटाउन पनि सकिने गुगलका अधिकारीको भनाइ छ ।

Events
Random Picks