पानी र घाम दुवैमा उपयोगी छाताको यस्तो छ रोचक तथ्य
16-June-2017

जसै मनसुन सुरु हुन्छ, रंगीचंगी छाताको फेसन उत्कर्षमा पुग्छ । उपयोगिताको हिसाबले छातालाई ‘टु इन वान’ भने हुन्छ । किनभने यो दुबै अवस्थामा काम लाग्छ, चर्को घाम छल्न र दर्के झरीमा ओत लाग्न ।

छाता फेसन मात्र होइन, बहुउपयोगी जिनिस पनि हो । चाहे घाम लाग्दा होस् वा पानी पर्दा, छाता चाहिन्छ । त्यसैले यस सिजनमा बाहिर हिँडडुल गर्नुअघि छाताको बन्दोबस्ती गर्नैपर्छ ।

अहिलेका तन्नेरी पुस्तामा छाताको फेसन चलेको छ । उनीहरु केवल घामको सोझो विकिरणबाट छालाको सौन्दर्य बचाउन मात्र छाता ओड्दैनन्, न झरी छल्नका लागि नै । यो पुस्ताका निम्ति छाता भनेको फेसन पनि हो । त्यही कारण त उनीहरु जस्तोपायो त्यस्तै छातामा चित्त बुझाउँदैनन् । छाता खरिद गर्नुअघि त्यसको बनौट, डिजाइन र रंगमा पनि ख्याल गर्छन् ।

तन्नेरी पुस्ताको यहि मनोविज्ञान बुझेर होला, छाता उत्पादन गर्नेले त्यसको ढाँचामा विविधता पस्किएका छन् । कुनै लेडिजका लागि त कुनै जेन्सका लागि । लेडिज छाताको कलर र बनौट थरीथरीका छन् । जेन्स छातामा भने त्यस्तो अप्सन छैन । अक्सर जेन्स छाता कालो रंगको हुने गर्छ ।

तन्नेरीहरु सकेसम्म आफ्नो पहिरनको रंगसँग छाताको कम्बिनेसन मिलाउन खोज्छन् ।

त्यसो त बच्चाका लागि छुटै छाता बजारमा उपलब्ध छ । छरितो र सानो साइजका ति छाताहरु रंगविरंगी हुने गर्छ, जसमा कार्टुन क्यारेक्टर अंकित चित्रहरु हुन्छन् ।

फेसनेवल छाता

छाता थरीथरीका छन् । यसको ढाँचा, शैली, रंग र स्तरमा विविधता छ । फेसनकै रुपमा छाताको प्रयोग बढेसँगै फेसनेवल छाता उपलब्ध हुन थालेका छन् ।


यसरी सुरु भयो छाताको प्रचलन

छाता किन ओड्ने ? यसमा तात्तातो जबाफ पाइन्छ, आकासे पानीबाट ज्यानलाई जोगाउन । तर, जतिबेला छाताको अवधारणा जन्मियो, त्यसबेला छाता पानी छल्नका लागि थिएन ।

प्राचिन कालदेखि नै छाताको प्रचलन सुरु भएको हो । मिश्रको सभ्यतामा शासक परिवारले छाता प्रयोग गर्थे । यो ल्याटिन शव्द अंब्राबाट लिइएको हो । जसको अर्थ हुन्छ, छाया । यसैवाट पछि अंब्रेला शव्द जन्मिएको हो ।

प्रारम्भमा छाता गर्मीवाट वच्नका लागि आविश्कार गरिएको पाइन्छ । प्रचन्ड गर्मीवाट जोगिनका लागि छाताको प्रचलन सुरु भएको थियो । पछि यो वषर्ाको विरुद्ध पनि काममा आउन थाले । प्राचिन कालमा देवी देवाता र राजा माहाराजाले छाता धारण गर्ने गरेको सुन्न पाइन्छ । त्यस समयको छाता कलात्मक र महंगो हुनका साथै वढी तौलको हुन्थ्यो । यसलाई एकै हातले सहज रुपमा उचाल्न सकिन्नथ्यो । क्रमिक विकाससँगै यो छरितो र उपयोगी भएको हो ।

मेड इन चाइना

आधुनिक समाजमा प्रयोग हुने छाताको इतिहास चीनवाट सुरु हुन्छ । अहिले बजारमा पनि उसैको वर्चश्व छ । उसले युवाको रुची अनि माग वमोजिम रंग र डिजाइनमा विविधता पस्केको छ ।

छाताको लागि कुनै निश्चित डिजाइनमा चित्त वुझाउनु पर्ने वाध्यता छैन अहिले । अनेकौ ढाँचा एवं वान्कीका छाताले बजार भरिभराउ छ । रंग, आकार र वनौटको आधारमा थरीथरीका छाता फेला पार्न सकिन्छ । ओयल पेपर, कटन, सिल्क, प्लाष्टिक, नायलनवाट वन्ने छातको रुपरंगमा विविधता छ ।


छातामा पैसा

प्रविधि र कच्चा पदार्थको हिसाबले छाता उत्पादन गर्नु असंभव छैन, नेपालका लागि । तर, हामीले आफ्नो ज्यानलाई घामपानीबाट जोगाउने छाता विदेशबाट ल्याउनुपर्छ । मन अमिलो हुन्छ, छाताकै लागि हामी बर्षेनी करोडौं रुपैयाँ विदेश पठाउँछौं । चालु आर्थिक वर्ष २०७३/७४ को ९ महिना अवधिमा साढे १२ करोड रुपैयाँ त हामीले छाताकै लागि खर्च गरिसकेका छौं ।

अघिल्लो आवमा ३० करोड रुपैयाँको छाता आयत गरिएको थियो । नेपालमा चीनसहित भारत, हङकङ, जर्मनी, इन्डोनेशिया, थाइल्यान्ड, जर्मनी जस्ता मुलुकबाट छाता ल्याइन्छ ।

रोचक तथ्य

– चार सय बर्षअघि पश्चिमी देशमा छाताको प्रचलन सुरु हुँदा यो युवतीका प्रयोजनका लागि मात्र ठानिन्थ्यो । उनीहरुको पहिचान समेत छाताको माध्यामबाट हुने गथ्र्यो ।

– १६ औं सताब्दीमा फारसी लेखक जोनास हेनवेले यसलाई युवाहरुको लागि समेत प्रयोगमा ल्याउने कामको थालनी गरे ।

– १० फेबु्रअरीमा विश्व छाता दिवस मनाइन्छ ।

– सय बर्षसम्म छाताको उपयोग केवल घामबाट बच्नका लागि मात्र हुन्थ्यो । तर, पछि चिनियाँ खोजकर्ताले यसलाई केवल घामबाट जोगिन मात्र होइन वर्षाबाट जोगिने साधनको रुपमा विकास गरे ।

– १७ औं सताब्दीमा हातमा छाता र टाउकोमा ह्याट लगाउने यस्तो चलन थियो कि, त्यसैबाट मासिनको सज्जनताको पहिचान हुन्थ्यो ।

– विश्वका मानिसको आवश्यक्ता पुरा गर्नका लागि पहिलो पटक इंल्यान्डको लन्डन शहरस्थित अक्सफोर्ड गल्लीमा छाताको पसल खुलेको थियो । जेम्स स्मिथ एन्ड सन्सको नाममा खुलेको त्यही पसलबाट छाताको बजार विस्तार भएको हो ।

अनलाईनखबर बाट

Write a Comment

Events
Random Picks