बालबालिकाले जन्मदिन मनाइरहेका बेला गोलाबारी, ११ जनाको मृत्यु
13-July-2017


जकसन डटकम
पोखरा, ३० असार

मेक्सिकोमा बालबालिकाले जन्मदिन मनाइरहेका बेला गोलाबारी हुँदा ११ जनाको ज्यान गएको छ । जन्मदिनको पार्टीमा सहभागी ११ वयस्कको ज्यान गएको प्रहरीले जनाएको छ ।
  
घटनास्थलबाट ३ बालबालिकाको उद्दार गरिएको छ । मेक्सिकोको हिडाल्गो प्रान्तको तिजायुका शहरमा घर बाहिर टेन्ट राखेर जन्मदिनको पार्टी मनाइरहेका बेला बन्दुकधारीले आक्रमण गरेको हो । मेक्सिकोमा लागु औषध कारोबार गर्ने समूहका कारण हिंसात्मक घटना बढ्दै गएको छ । 

गएको मे महिनामा मात्रै मेक्सिकोमा २ हजार १ सय ८६ जनाको हत्या भएको तथ्याङ रहेको बिबिसीले जनाएको छ ।