भारतलाई चीनको चेतावनीः सीमा क्षेत्रमा सैनिक पठाएर राजनीतिक उद्देश्य पूरा गर्न नखोज
18-July-2017


जकसन डटकम
पोखरा, ०४ साउन


चीनले भारतलाई सीमा क्षेत्रमा सैनिक पठाएर सैन्य गतिविधि नगर्न चेतावनी दिएको छ । भुटानसँग सीमा जोडिएको क्षेत्रको भारत–चीन सीमाको विषयलाई लिएर अहिले दुई देशबिच तनाव उत्पन्न भएको छ । यहिबिचमा चीनले सीमा क्षेत्रमा सैनिक पठाएर भारतले आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न चाहेको भए त्यसो नगर्न चेतावनी दिएको हो । 

भारतीय सैनिकले दुई सीमा क्षेत्र बिना अनुमति पार गरेको चीनले आरोप लगाएको छ । सीमा क्षेत्रमा रहेका वा अवैध रुपमा सीमा पार गरेका सैनिकलाई भारतले तत्काल फिर्ता बोलाउनु पर्ने चीनले माग गरेको छ । 

गएको ६ हप्तादेखि सिक्किमको डोकलाममा भारत र चीनबिच सीमा विवाद चल्दै आएको छ । दुवै देशले सीमा क्षेत्रमा आफ्ना सैनिकको उपस्थिति बढाएका छन् । डोकलामको स्वामित्वको विषयलाई लिएर चीन र भुटानबिच पनि विवाद रहँदै आएको छ । 

Events
Random Picks