जब आठ महिनाकी गर्भवती न्युयोर्क फेसन विकको र्‍याम्पमा उत्रिन्
11-September-2017

यस वर्षको न्युयोर्क फेसन विकमा माया रुथ ली ठूलो चर्चा बटुल्न सफल भइन्। आठ महिनाकी गर्भवती लीले शनिबार र्‍याम्पमा क्याटवाक गरेपछि उनको चर्चा चुलिएको हो।

अर्को महिना बच्चा जन्माउने ली एकहाउस लाट्टाको पहिरनमा र्‍याम्पमा उत्रिएकी थिइन्। उनले गर्भावस्थाको पेट देखिने वस्त्र लगाएकी थिइन्।

यससँगै फेसन उद्योगमा प्रतिनिधित्व र विविधताको बहस एक पटक फेरि सुरु भएको छ।

Write a Comment

Events
Random Picks