समलैंगिक विवाहको समर्थनमा रंगीन प्रोफाइल
27-June-2015

एजेन्सी । अमेरिकी अदालतले समलैंगिक विवाहलाई मान्यता दिएपछि उक्त निर्णयको स्वागतमा नेपालीहरु पनि उत्रिएका छन् । आफूले माया गर्ने जो कोही मानिससंग जिवन विताउँन पाउने यो निर्णय विश्वभर कायम हुनुपर्दछ भन्दै नेपाली सेलिब्रेटीहरु, पत्रकार, अधिकारकर्मी लगायतले रंगिन तस्विर शेयर गरेका छन् ।

 अभिनेत्रीहरु प्रियंका कार्की, केकी अधिकारी, पूजा शर्मा, निर्देशक दिनेश डिसी, निलु डोमा शेर्पा सहित अन्य सेलिब्रेटी र पत्रकारले पनि आफ्नो रंगीन तस्बिरलाई फेसबुकमा शेयर गर्दै समर्थन जनाएका हुन ।

अदालतको निर्णयको समर्थनमा हलिउड देखि लिएर बलिउडका सेलिब्रेटीहरुले समेत आफ्नो रंगीन तस्बिरलाई फेसबुकमा शेयर गरेका छन् । नेपाली फिल्म उद्योगमा पनि त्यस्ता धेरै ब्यक्तिहरु छन् जसले समलैगिक जिवनलाई समाज सामु बाहिर ल्याउन सकेका छैनन् ।

फिल्म उद्योगमा मेकअप आर्टिष्ट देखि लिएर नृत्य निर्देशक, हिरोइन, मोडल, पत्रकार र चलेका कलाकार सहित निर्देशक र निर्माता सम्म समलिंगी छन् तर उनीहरुले आफ्नो पहिचान खुलाउँदा प्राप्त सम्मान गुमाउने डरले आफ्नो पहिचानलाई सार्वजनिक गर्ने हिम्मत बटुली सकेका छैनन् ।

यति तपाई पनि यो निर्णयमा समर्थन जनाउन चाहानुहुन्छ भने तलको वेव ठेगानामा गएर आफ्नो फेसबुकको प्रोफाईल तस्बिरलाई रंगीन बनाएर शेयर गर्न सक्नु हुन्छ। www.facebook.com/celebratepride

Write a Comment