क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी, दश जनाको मृत्यु
9-October-2017


जकसन डटकम
पोखरा, २४ असोज

अमेरिकाको क्यालिफोर्नियाको जंगलमा भीषण डँढेलो लाग्दा दश जनाको मृत्यु भएको छ । डँढेलोसँगै तीब्र गतिमा आएको हावाको बेगका कारण आगो नजिकैको बस्तीसम्म फैलिएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । वाइन बनाउन प्रयोग गरिएको क्षेत्रको छेउमा रहेको जंगलमा आगलागीपछी थुप्रै मानिस सम्पर्क्विहीन भएका छन् ।

डँढेलो फैलिएपछी जंगल आसपासको क्षेक नापा, सोनोमा र युवाका २० हजार मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ । डँढेलोबाट थुप्रैं घर जलेर ध्वस्त भएका छन् । घरमा फसेका थुप्रैलाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।

आगो नियन्त्रणका लागि सयौंको संख्यामा अग्नी नियन्त्रक परिचालन गरिएको छ भने हेलिकप्टर र दमकलले पानी हालिरहेका छन् । (एजेन्सी)

Events
Random Picks