४० डाक्टरले १६ घन्टा लगाएर गरे जुम्ल्याहा बालकको शल्यक्रिया
27-October-2017


जकसन डटकम
पोखरा, १० कात्र्तिक


भारतको उडिसामा टाउको जोडिएका दुई बालकको सफल शल्यक्रिया गरिएको छ । दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान, एम्सका ४० जना डाक्टरको टिमले १६ घण्टा समय लगाएर जुम्ल्याहा बालक जग्गा र कलियाको सफलतापूर्वक शल्यक्रिया गरी टाउको अलग्याएका हुन् ।

एम्सका अनुसार यो अपरेसन अक्टोबर २५ को बिहान ६ बजेदेखि सुरु गरिएको थियो । टोलीमा २० जना सर्जन, १० जना एनिस्थिसिया विशेषज्ञ संलग्न थिए । सर्जरी गर्न १६ घण्टा र एनिस्थिसियामा २० घण्टा लागेको जनाइएको छ । बुधवार राति पौने नौ बजे दुई बालकको टाउको अलग गर्न चिकित्सकको टोली सफल हो ।

मस्तिष्क र नशा नै एक अर्कामा जोडिएका बालकलाई अलग गर्न थुप्रैं चरणको अपरेसन गर्नुपरेको चिकित्सकको टोलीका न्यूरो सर्जन डाक्टर दीपक गुप्ताले जानकारी दिएका छन् ।अपरेसनका क्रममा एउटा बालकको हार्ट फेल हुने स्थिति भएको र अर्काेको मृगौलामा असर देखिएको थियो भन्दै उनले मुटुको बाइपास सर्जरी झै बालकको ब्रेनको बाइपास सर्जरी गरिएको बताए । जुम्ल्याहा बालकको उमेर दुई वर्ष चार महिना रहेको छ । (एजेन्सी)

Write a Comment

Events
Random Picks