आइएसद्वारा फेरि २५ जनाको निर्ममतापूर्ण ढंगले हत्या
5-July-2015

काठमाडौं, आषाढ २० । सिरियाको ऐतिहांसिक शहर पल्माइरामा इस्लामिक स्टेटका लडाकूले फेरि २५ जनाको हत्या गरेका छन् । उनीहरुले नै जारी गरेको एक भिडियोमा ती २५ जनालाई गोली हानेर मार्दै गरेको देखाइएको छ ।

मारिएकाहरु होम्स शहरमा खटिएका सैनिक भएको पनि आइएसले जनाएको छ । उनीहरु सबैलाई पल्माइराको एम्पीथिएटर भित्र गोली हानिएको थियो । गोली हान्ने १३/१४ वर्षको युवक भएको भिडियोमा देखिन्छ ।

मानिसहरु थिएटरको सिँढीमा बसेर यो क्रूर दृष्य हेरिरहेका देखन्छन् । मेको शुरुतिर पल्माइरामा कब्जा गरेको आइएसले यसअघि पनि त्यही २० जनाको हत्या गरेको थियो ।

Events
Random Picks