२०१५को अन्त्यसम्ममा विश्वका तीन अर्ब बढी मानिस इन्टरनेटको पहुँचमा
7-July-2015

जक्सन डटकम,असार २२ । सन् २०१५को अन्त्यसम्मा विश्वका तिन अर्व बढी मानिस इन्टरनेटको पहुँचमा रहेको एक रिपोर्टले देखाएको छ। संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्रािष्ट्रय टेलीकम्यूनिकेशन यूनियन (आइटीयू) सार्वजनिक गरेको रिपोर्ट अनुसार विश्वका तीन अर्ब दुई करोड मानिसहरु सन २०१५ को अन्त्यसम्मा इन्टरनेटको पहुँचमा पुग्ने भएका छन् । विश्वको कुल जनसंख्या सात अर्ब दुई करोडमध्ये झण्डै सवा तीन अर्ब मानिसमात्र इन्टरनेटको पहुँचमा पुगेको उक्त सस्थाले जनाएको छ ।

आइटीयूले इन्टरनेटको पहुँचमा रहेका मध्ये दुई अर्ब मानिस विकासशील मुलुकका रहेको जनाएको छ । रिपोर्ट अनुसार कम विकसित मुलुकका भने आठ करोड ९० लाख मानिसहरु मात्र इन्टरनेटको पहुँचमा रहेका छन् ।

उक्त संस्थाले मंगलबार सार्वजनिक गरेको रिपार्टअनुसार अझैपनि करिब चार अर्ब मानिसहरु इन्टरनेटको प्रयोगभन्दा बाहिर रहेका छन् ।
यी मध्य अधिकांश कम विकसित र विकासोन्मुख मुलुकका नागरिक रहेका छन् । सस्थाले सार्वजनिक गरेको रिपोर्ट अनुसार सन २०१५ को अन्त्यसम्ममा विकसित मुलुकका ८० प्रतिशत र विकाससिल मुलुकका ३४ प्रतिशत घरहरुमा कुनै कुनै रुपले इन्टरनेटको सुविधा पुग्नेछ ।

 

Write a Comment

Events
Random Picks