भुकम्पग्रस्त नेपाल भ्रमणको प्रतिबन्ध फुकुवा
7-July-2015

आइतबार, आषाढ २०, २०७२

बैशाख १२ र २९ गते गएको महाभूकम्प र त्यस पछिको लगातारको पराकम्पन कारण कारण आफ्ना नागरिकलाई नेपाल भ्रमणमा नजान अनुरोध गरेका अमेरिका, बेलायत र न्युजिल्याण्ड जस्ता देशले आफ्ना नागरिक लाई भुकम्पग्रस्त नेपालको भ्रमणमा जानको लागि लगाएको ‘बन्देज’ खुकुलो पारेका छन् । यी देशहरुले भुकम्पबाट सबैभन्दा प्रभावित जिल्लाहरुमा बाहेक नेपालका अन्य जिल्लाहरुको भ्रमणमा जान आफ्ना नागरिकहरुलाई फुकुवा गरेका हुन् । पर्यटन बोर्डका अधिकारीका अनुसार अब अरु देशले पनि आफ्ना नागरिकलाई नेपाल भ्रमणमा लगाएको बन्देज खुला गर्ने विश्वास गरिएको छ । अहिले सबैजसो देशले आफ्नो ट्राभल एडभाइजरी संसोधन गर्दै सानातिना परकम्पनहरु अहिले पनि गइरहेको भए पनि नेपाल भ्रमणमा जानु अहिले सुरक्षित रहेको बताएका छन् । नेपालमा भुकम्पको असर साम्य हुँदै गएपछि आफ्नो ट्राभल एजभाइजरीमा सबैभन्दा पहिलोपटक संसोधन गर्ने देश भने न्युजिल्याण्ड हो । अमेरिकाले गएको मे एक मा ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकलाई आपतकालीन अवस्थामा बाहेक नेपाल भ्रमणमा नजान अनुरोध गरेको थियो । तर त्यसको दुइमहिना पछि अमेरिकाले आफ्नो त्यो एडभाइजरीमा बिहीबार संसोधन गरेको छ । काठमाण्डौबाट पोखरा पुग्ने राजमार्गमा यसअघि सबैका लागि भ्रमणमा बन्देज लगाइएकोमा बेलायतले अब भने आफ्ना नागरिकले अत्यावश्यक परेमा उक्त मार्गमा पनि यात्रा गर्न सक्ने जनाएको छ । नेपालमा धेरै पर्यटक आउने पाँचौ देशको रुपमा रहेको बेलायतबाट वर्षेनी ३५ हजार भन्दा बढि पर्यटक आउँछन् । उसले गएको जुन ३० मै नेपाल पर्यटन बोर्डलाई आफुले नेपाल जोखिम युक्तताको तह घटाएको जानकारी गराएको थियो । यद्यपि गोरखा, धादिङ, सिन्धुपाल्चोक लगायतका जिल्लालाई भने उसले उक्त जोखिमपूर्ण क्षेत्रका रुपमा अझै कायम राखेको छ र अत्यावश्यक बाहेक ती जिल्लाहरुको भ्रमण नगर्न आफ्ना नागरिकहरुलाई सुझाव दिएको छ ।

http://nepalpati.com/news/12187/tourism-nepal

Write a Comment

Events
Random Picks