जिम्बाब्बेमा राजनीतिक संकटः सेनाले नियन्त्रणमा लियो राष्ट्रिय प्रसारण
14-November-2017


जकसन डटकम
पोखरा, २९ कात्र्तिक

जिम्बावेमा राजनीतिक संकट चुलिएको बेला सेनाले जिम्बाब्बे नेशनल ब्रोडकास्टर (जेडबीसी)को केन्द्रीय कार्यालय नियन्त्रणमा लिएको छ । जेडबीसी जिम्बाब्बेको राष्ट्रिय प्रसारण हो र यसअन्तर्गत टेलिभिजन, अनलाइन, एफएम लगायत सरकारी सञ्चार माध्यमहरु छन् । राष्ट्रिय प्रसारण नियन्त्रणमा लिनुलाई सेनाले ‘कू’ गर्ने पूर्व संकेतको रुपमा अर्थ्याइएको छ । जिम्बाब्बेको राजधानी हरारेमा सेनाका बख्तरबन्द गाडीहरु देखिएका छन् ।

सत्तारुढ दल जानु पीएफले सेनाको कदमको आलोचना गरेको छ । यद्यपि ९३ वर्षीय राष्ट्रपति रोबर्ट मुगाबेको प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन । तर, दक्षिण अफ्रिकाका लागि जिम्बाबेका राजदूत इसाक मोयोले भने सैनिक ‘कू’को सम्भावनालाई नकारेको बीबीसीले लेखेको छ ।

यसअघि जिम्बावेको सेना प्रमुखबाट देशको राजनीतिक संकट समाधानका लागि हस्तक्षेप गर्नुपर्ने अभिव्यक्ति सार्वजनिक भएको थियो । सोमबार सेना प्रमुख कन्सट्यान्टिनो चिवेङ्गाले लामो समय युद्धमा सहभागी भएका पाका व्यक्तिहरुविरुद्ध सरकारले निशाना साँध्ने काम गरेको भन्दै आक्रोश पोखेका थिए । सत्तारुढ दल जानु पीएफले तत्काल विज्ञप्ति जारी गरेर सेना प्रमुख चिवेङ्गाको अभिव्यक्तिलाई देशद्रोहको भावनाले प्रेरित भएको टिप्पणी गरेको थियो ।

Write a Comment

Events
Random Picks