मोरक्कोमा खाद्यान्न सामग्री वितरणको क्रममा भागदौड, १५ जनाको मृत्यु
19-November-2017


जकसन डटकम
पोखरा, ०४ मंसिर

मोरक्कोमा राहतमा आएको खाद्यान्न सामग्री वितरण भइरहेको ठाउँमा भागदौड मच्चिदा कम्तिमा १५ जनाको ज्यान गएको छ । घटनामा ४० जना भन्दा धेरै घाइते भएका छन् । एसुएरा प्रान्तको सिदी बोउलालम शहरमा घटना भएको हो । 

स्थानीय निजी सहयोगी संस्थाले राहत सामग्री बाँडिरहेका बेला भागदौड मच्चिएको हो । ज्यान गुमाउने तथा घाइते हुनेमा धेरैजसो बृद्धबृद्धा रहेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । अहिलेसम्म भागदौड मच्चिनुको कारण भने खुलेको छैन । 

Events
Random Picks