जिम्बावेका पूर्वउपराष्ट्रपति एमर्सन मनाङ्गाग्वा नयाँ राष्ट्रपति बन्ने
22-November-2017


जकसन डटकम
पोखरा, ०७ मंसिर

जिम्बावेका पूर्वउपराष्ट्रपति एमर्सन मनाङ्गाग्वा नयाँ राष्ट्रपति बन्ने निश्चित भएको छ । जिम्बाबेका सभामुखले भोलि एमर्सनलाई नयाँ राष्ट्रपतिको रुपमा सपथ दिलाइने बताएका छन् । सत्तारुढ जानु पीएफ पार्टीले मनाङ्गाग्वा अर्को वर्षको सेप्टेम्बरमा हुने चुनावसम्मका लागि राष्ट्रपतिको बाँकी कार्यकाल सम्हाल्ने जनाएको छ ।

राष्ट्रपति रोबर्ट मुगाबेले राजीनामा दिएपछि सत्तारुढ दलले मुगाबेको बाँकी कार्यकाल मनाङ्गाग्वालाई सुम्पने निर्णय गरेको हो । यसअघि मुगाबेले मनाङ्गाग्वालाई उपराष्ट्रपतिबाट बर्खास्त गर्नुभएको थियो । त्यसपछि सेनाले सत्ता आफ्नो हातमा लिएको छ ।

जिम्बावेका सरकारी सञ्चार माध्यमका अनुसार ७१ वर्षीय मनाङ्गाग्वाको शपथ ग्रहण कार्यक्रम शुक्रबारका लागि तय गरिएको छ । राजनीतिक चतु¥याइँका कारण ‘गोही’ उपनामले चिनिने मनाङ्गाग्वाले वक्तव्य जारी गर्दै जिम्बाब्वेका सबै नागरिकलाई एक ढिक्का भएर देशको पुनर्निर्माणमा जुट्न आह्वान गर्नुभएको छ ।(एजेन्सी)

Write a Comment

Events
Random Picks