पोखरा छोरेपाटनमा पहिरोले स्कुल पुरिँदा १ विद्यार्थीको मृत्यु ( फोटो फिचर )
16-July-2015

 

३१ असार | निरन्तर परेको झरीका कारण पहिरो गएर  पोखरा १७ छोरेपाटनमा एउटा नीजि स्कुल पुरिँदा १ विद्यार्थीको मृत्यु भएको छ । स्कुल पुरिँदा ६ शिक्षक सहित ८ विद्यार्थी घाईते भएको प्रहरीले जनाएको छ ।

दिउँसो करिब साढे १२ बजे  एक्स आर्मी पब्लिक हाइयर सेकेण्डरी स्कूलको एउटा कक्षाकोठाको छानामाथि पहिरो खसेको थियो । त्यतिबेला विद्यार्थीहरु परीक्षा दिइरहेका थिए ।

पहिरोमा पुरिएर पोखरा १७ डेबिडफल्स बस्ने कक्षा ९ मा पढ्ने १४ वर्षीय विद्यार्थी मोहन गायकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पहिरोमा पुरिँदा ३ शिक्षक र ५ विद्यार्थी गरी ८ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको मेट्रोसीटी अस्पतालमा र बाँकीको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ । प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य छ ।

फोटो : युनिश गुरुङ