सिरियामा तैनाथ रुसी सेना फिर्ता
11-December-2017


जकसन डटकम
पोखरा, २६ मंसिर

रुसले सिरियामा तैनाथ आफना सेना फिर्ता बोलाएको छ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले सिरियामा तैनाथ गरिएका सेना फिर्ता गर्ने निर्णय गरेलगत्तै रुसी सेना धमाधम फिर्ता हुन थालेका छन् ।

अचानक सिरिया पुगेका रुसी राष्ट्रपति पुटिनले सिरियाको अवस्थामा केही सुधार आएका भन्दै सेना फिर्ता बोलाउने निर्णय गरिएको रुसी रक्षामन्त्री सरगोई सोइगुले जानकारी दिए ।

सिरिया भ्रमणकै क्रममा रुसी राष्ट्रपति भ्लादिमीर पुटिन र सिरियाली राष्ट्रपति बसर अल असदबीच सिरियाको लाताकियामा रहेको हवाई अड्डामा भेटवार्ता भएको थियो । सिरियामा जारी द्वन्द्वपछि रुसले सिरियामा ३ हजारको संख्यामा आफना सेना तैनाथ गरिएको थियो ।

Write a Comment

Events
Random Picks