जिमेल बन्याे अझै सहयाेगी
21-July-2015

साउन ५ |

 

इन्टरनेटमा प्रयोगकर्ताले चलाउने हरेक कुराको जानकारी गुगलसँग हुन्छ। त्यसैले गुगलले जीमेल एकाउण्टका प्रयोगकर्ताहरुको जरुरी ईमेलहरुको ट्रयाक गर्ने तरिका ल्याएको छ। 

 

यदि कसैले कहीँ जाने भनेर १५ दिन अगाडि टिकट बुकिङ गरेको छ र पछि यो इमेल खोज्न परेमा गुगलले सहयोग गर्नेछ। 

इनबक्समा रहेको कुनै इमेललाई स्वाइप गरेर त्यसलाई स्नुजमा राख्न सकिनेछ। आफ्ना महत्वपूर्ण कामहरुको लागि १ घण्टा अगाडि याद गराउन जिमेलले सहयोग गर्नेछ।

 

यसमा ६ किसिमका ईमेलको क्याटेगोरीहरु– रेस्टुरेन्ट, क्यालेण्डरका लाागि इन्भाइट, फ्लाइट, होटल, कार रेन्टल र प्याकेज ट्रेकिङ रहेका छन्। 

 

यी ६ वटा विषयसँग सम्बन्धित इमेलहरु इनबक्सको  सबैभन्दा माथि आउँछन्। यसका लागि प्रयोगकर्ताले स्क्रिनमा पपअप पनि आउँछ जसकारण् प्रयोगकर्ताले आफ्नो फोन हेर्दा यसको जानकारी पाउँछन्। 

 

यसले प्राइभेसीमा भने जोखिम ल्याउन सक्नेछ।

source:setopati

http://kinmel.setopati.com/suchana-prawidhi/27545/