भारतीय भूमिमा एक नेपालीको रहस्यमय मृत्यु,
23-July-2015

साउन ६ |

चार जना एस.एस.बिको नियन्त्रणमा १ जना सर्म्पक बिहिन

भारतसँग सीमा जोडिएको बर्दियाको जमुनि गाविसमा पर्ने फुटाहा नाका हुँदै भारत जादै गरेका ६ नेपाली मध्ये १जना सर्म्पक बिहिन र १ जनाको भारतीय भुमिमा रहस्यमय मृत्यु भएका छ।

 

कालीकोट मान्खा गाविस घरभएका लोकबहादर शाही, कालीकोटकै तिखाना गाविस ५ का टेकबहादर शाही, तिर्थबहादर शाही, अनिलबहादर शाही, राजेश शाही र खड्कबहादर शाही मध्ये, राजेश शाही सर्म्पक बिहिन र. खड्कबहादर.शाहीको मृत्यु भएको हो।

 

प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुँबरका अनुसार घटना भारतीय भूमिमा भएकोले घटनाबारे कुटनीतिक तबरबाट बुझ्ने पहल भइरहेको र चार नेपालीलाई भारतीय एसएसबिले नियन्त्रणमा लिई अस्खुल्बा क्यम्पमा राखेको र एक जान फरार छन्।

घटनाको किन र के कारण भयो भन्ने बारेमा यसै नखुलेपनि नेपालीले कालीकोटको कालीकादेविको मुर्ति लुकाई छिपाई भारत लैजान लागेको अवस्थामा भाग्न खोज्दा नहरमा डुबेर मृत्यु भएको र एक जना भागेको भारतको बहराइज जिल्ला थानालाई उद्धृत गर्दै बर्दिया प्रहरीका प्रहरी उपरीक्षक गोविन्दराम परियारले जानकारी दिए।

 

source:setopati

http://setopati.com/samaj/31180/

Write a Comment