प्रेमीको सन्तुष्टिका लागि १३ वर्षदेखि रगत चुसाउने प्रेमिका
23-July-2015

एजेन्सी / आफ्नै रगत खान खोज्नेसँग कसैले प्रेम गर्छ होला । पत्याउन पनि गाह्रो घटना अमेरिकामा घटेको छ । २८ वर्षीया ब्लूट काट्चान आफ्नै रगत खानेसँगको प्रेममा फसेकी छिन् । उनी पछिल्लो एक दशकदेखि अमेरिकाका विभिन्न स्थानमा पुगिन्, जहाँ रगत खानेहरुलाई आफ्नो शरिरको रगत चुसाउथिँन् । अहिले ४३ वर्षका माइकल भेचमिल उनका प्रेमी छन् । माइकलले ब्लूटका प्राय सबै अङगबाट रगत निकालेर चुसिसकेका छन् ।

आफूलाई भ्याम्पायर घोषणा गरेका माइकल भन्छन्, ‘उनको रगत खादाँ मलाई बाँच्ने शक्ति प्राप्त हुन्छ ।’ उनीहरुको भेट दुई वर्षअघि टेक्सासस्थित भ्याम्पायर बेलमा भएको थियो ।

लुइसियानाकी ब्लूट रगत चुसाउँदा मात्रै आफूलाई सन्तुष्टी मिल्ने बताउँछिन् । उनले रगत चुस्न चाहनेहरुकै लागि आफू जन्मिएको बताइन् । भन्छिन्, ‘म सानैदेखि भ्याम्पायर संस्कृतिमा हुर्किए । मेरो दिदीले राखेको भ्याम्पायरको किताब पढेपछि मलाई पनि भ्याम्पायरलाई रगत चुसाउने इच्छा जाग्यो । मैलेँ अहिले माइकललाई आफ्नो रगत खुवाएर पालेकी छु ।

 

हामीबीच गहिरो प्रेम–सम्बन्ध छ र उनलाई म पूर्ण विश्वास गर्छु ।’ फिल्ममा जसरी माइकल दाँतले टोकेर भने रगत पिउँदैनन् । उनले रगत निकाल्नका लागि इन्जेक्सनजस्तो देखिने रेजर प्रयोग गर्ने गरेका छन् ।

त्यसलाई शरिरमा गाड्दा धेरैभित्रसम्म पनि पुग्दैन र रगत पनि निक्लन्छ । घाउ लागेको ठाँउमा उनीहरुले अल्कोहल हाल्ने गरेका छन् र उनले मुख पुछेर मात्रै रगत सेवन गर्छन् । ब्लूटले १३ वर्षदेखि यसरी आफ्नो शरिरबाट रगत निकाल्दै आएपनि अहिलेसम्म कुनै सरुवा रोग नलागेको बताइन् ।

४३ वर्षका माइकलले यसरी रगत खान थालेको १३ वर्षकै उमेरदेखि हो । सुरुआती दीनमा यौन सम्बन्धका क्रममा रगत उनको ओठमा परेपछि उनले त्यसलाई चाटेका थिए । त्यसपछि उनलाई रगतको स्वादमा लत बस्यो । केही वर्ष उनले आफैँ आफ्नो रगत निकालेर खाए । तर, ब्लूटलाई भेटेपछि भने उनलाई कुनै अफ्टेरो छैन् । ब्लूटलाई रगत चुसाउन मनपर्छ भने उनी रगत चुस्न मन पराउँछन् ।

copy http://www.ratopati.com/2015/07/23/219993.html

 

Events
Random Picks