विश्वचर्चित सिंह अब तस्विरमा मात्रै
27-July-2015

जिम्बाबेको सबैभन्दा ठूलो तथा बुढो पूरुष सिंह सिसिल हवान्जी राष्ट्रिय पार्कमा आउने पर्यटकहरुका लागि आर्कषकको पाटो बन्दै आएको थियो । तर गत साता यो सिंहले राष्ट्रिय निकुन्जको सिमाना क्रस ग¥यो । १३ वर्षको यस बुढो सिंह डाढे बिरालोको शिकार गर्ने क्रममा निकुन्जबाट बाहिर गएको थियो । त्यसक्रममा घाइते भएको सिसिललाई राईफलले हानेर शिकारीहरुले मारेको खुलासा भएको छ ।

जिम्बाबेको व्यवसाहिक शिकार संघले पार्कबाहिर शिकार गरिएका कारण सिसिलको हत्या अवैधानिक नभएको बताएका छन् । तर निकुन्जले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘छानविन जारी छ ।’


कतिपयले भने बुढो सिंहको शिकार जायज नभएको बताएका छन् । उनीहरुले निकुञ्जभित्र वा बाहिर कतै पनि सिंहको शिकार गर्न नपाइने बताएका छन् ।

जिम्बाबेको एक टेलिभिजनले सिसिलको शिकार गरिएको क्षेत्रमा कसैलाई पनि सिंहको शिकार गर्ने अनुमति नरहेको दाबी गरेको छ ।

यसअघि निकून्जमा सिसिलसँग फोटो खिच्ने इच्छा राखेर मात्रै पनि थुप्रै पर्यटक आउने गरेका थिए । तीन वर्षअघि निकून्जमा यस सिंहलाई अन्य युवा सिंहहरुले घायल बनाएका थिए ।

तर उपचारपछि निको भएको यो सिंहले अर्को जेरिको नामक पूरुष सिंहसँग मिलेर बाँकी सिंहलाई आफ्नो अधिनमा राख्दै फेरि जंगलमा आफ्नो राज शुरु गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीमा उल्लेख छ ।

copy http://www.ratopati.com/2015/07/24/220152.html

 

Events
Random Picks