सर्पसँग सेल्फी खिच्दा १ लाख ५० हजार डलर झ्वाम्म
27-July-2015

(एजेन्सी) रिलवाला जमाना गइसक्यो । त्यसैले मोबाइलबाट जति फोटो खिचेपनि के फरक पर्छ र १ आजकल अझ सेल्फीको जमाना छ । आफैँ खिच्यो अनि सामाजिक सञ्जालमा अपलोड ग¥यो । तर सबै सेल्फी सस्ता हुदैँनन्, केही सेल्फीको मूल्य चर्को चुकाउनुपर्छ ।


यस्तै चर्को मूल्य चुकाएका छन् एक अमेरिकी टोड फास्लरले । उनले सर्पसँग सेल्फी खिच्न खोज्दा सर्पले नराम्ररी टोक्यो । त्यसपछि उनको शरीरले काम नै गर्न छाड्यो ।

‘मेरो जिब्रो मुखबाट बाहिर निस्केको अनुभव भएको थियो । आखाँ ठाउँमा थिएन ।’– सर्पले टोक्दाको घटना संझदैँ टोड भन्छन् ।

क्यार्लिफोनियाको एक अस्पतालमा भर्ना भएका उनलाई अस्पतालले १ लाख ५३ हजार १ सय ६१ डलरको बिल थमाइदिएको छ ।

सान डिएगोस्थित विष नियन्त्रण केन्द्रका निर्देशक डाक्टर रिचार्ड क्लार्क यस क्यालिफोर्नियामा प्रत्येक वर्ष सर्पले टोकेका एक सय घटना हुने गरेको बताउँछन् ।

copy http://www.ratopati.com/2015/07/26/220943.html

 

Write a Comment

Events
Random Picks