गुगलले आफ्नो सोसियल नेटवर्क गुगल प्लसलाइ बन्द गर्ने
28-July-2015

जक्सन डटकम । विश्वकै चर्चित सर्च इन्जीन गुगलले आफ्नो सोसियल नेटवर्क गुगल प्लसलाइ बन्द गर्ने भएको छ। गुगलले फेसबुकसँग टक्कर लिनका लागी ४ बर्ष पहिले गुगल प्लस ल्याएको थियो । तर सोचे अनुसार नभएपछि अब गुगल प्लस बन्द हुने भएको हो ।

गुगलले यतिबेला गुगल प्लसलाइ फरक ढंगले अगाडी बढाउने मनसायमा छ । अहिलेसम्म गुगल प्लसले आफ्नो प्रयोगकर्ता बढाउनका लागी बिभिन्न साइटमा आफ्नो एकाउन्ट हुनैपर्ने व्यस्था गरेका थियो । 

बिभिन्न प्रयोगकर्ताहरुबाट गुगल र गुगल प्लसलाइ एउटै एकाउन्ट बनाउन सुझाव आएपछि प्लस लाइ बन्द गर्न खोजिएको हो ।

गुगलका उपाध्यक्ष ब्रेडली होरोवित्जले कंपनीको ब्लगमा लेखेका छन् 'थुप्रै प्रयोगकर्ताहरुले गुगल र गुगल प्लसलाइ एउटै एकाउन्ट बनाउन सुझाव आएपछि यस्तो कदम चाःन खोजेका छौ ।'