असमान पारिश्रमिकको विषयलाई लिएर बीबीसीकी सम्पादकले दिइन् राजीनामा
7-January-2018


जकसन डटकम
पोखरा, २४ पुस

बीबीसीकी चीन सम्पादक कैरी ग्रेसीले संस्थाभित्रको असमान पारिश्रमिकको विषयलाई लिएर आफ्नो पदबाट राजीनामा दिएकी छन् । ग्रेसीले बीबीसीभित्र पुरुषको तुलनामा महिला कर्मचारीको पारिश्रमिक कम भएको भन्दै राजीनामा दिएकी हुन् ।

३० वर्षदेखि बीबीसीमा काम गरिरहेकी उनले खुलापत्र लेख्दै बीबीसीभित्र गोप्य र गैरकानुनी रुपमा पारिश्रमिक निर्धारण हुने गरेको आरोप लगाएकी छन् । उनले डेढ लाख पाउन्डभन्दा धेरै पारिश्रमिक पाउने कर्मचारीमध्ये दुई तिहाई पुरुष कर्मचारी भएको बताएकी छन् । तर बीबीसीले भने संस्थाभित्र महिलामाथि कुनै भेदभाव नभएको जनाएको छ ।(एजेन्सी)

Write a Comment

Events
Random Picks