जल्लीकट्टूमा भड्किए साँढे स् तीनजनाको मृत्यु, १३० घाइते
16-January-2018


जकसन डटकम
पोखरा, ०३ माघ

भारतको तमिलनाडुमा जल्लीकट्टू तथा मंजू विरट्टूको क्रममा तीनजनाको ज्यान गएको छ । गोरु (साँढे) लाई नियन्त्रणमा लिने परम्परागत खेल जल्लीकट्टू तथा साँढे दौड मंजू विरट्टूको क्रममा दुई अलग–अलग घटना भएको र तीनजनाको ज्यान गएको हो । तमिलनाडुमा पोंगल पर्वको अवसरमा यो खेलको आयोजन भएको थियो । तर त्यस क्रममा साँढे भड्किँदा तीनजनाको ज्यान गएको हो । सन् २०१४ मा भारतको सर्वोच्च अदालतले जल्लीकट्टूमाथि प्रतिबन्ध लगाएको थियो । त्यसपछि यो राजििनतक रुपले संवेदनशील विषय बनेको थियो । गएको वर्ष सर्वोच्च अदालतले लगाएको प्रतिबन्धको विरोधमा तमिलनाडुमा प्रदर्शन भएको थियो । 

प्रदर्शनका कारण बाध्य भएर राज्य सरकारले जल्लीकट्टू फेरि सुरु गर्ने गरी अध्यादेश लाएको थियो । तमिलनाडुको आलंगाल्लुरसहितका धेरै स्थानमा मंगलबार जल्लीकट्टू भयो । शिवगंगई जिल्लाको सिरावायलमा साँढेको दौड मंजू विरट्टू हेर्न गएका दुईजनाको गोरुले हानेर ज्यान गएको हो । यसमा ७७ साँढे सहभागी थिए । सिरावायलमा साँढे आफ्नो ट्रयाक छोडेर दर्शकको भीडमा पसेर हानेको हो । यसबाट झण्डै ६० जना घाइते भएका छन् । यस्तै तिरुचिरापल्ली जिल्लाको आवरंगाडूमा भएको जल्लीकट्टूको क्रममा साँढेले हानेर एकजनाको ज्यान गएको छ भने ७० जना भन्दा धेरै घाइते भएका छन् ।

Write a Comment

Events
Random Picks