कजाकिस्तानमा बसमा आगलागी ः कम्तिमा ५२ जनाको मृत्यु
18-January-2018

जकसन डटकम
पोखरा, ०४ माघ

कजाकिस्तानमा एउटा बसमा आगलागी हुँदा कम्तिमा ५२ जनाको ज्यान गएको बीबीसीले जनाएकोे छ । दनदनी आगो बलेको बसबाट ५ जनालाई भने जीविते उद्धार गरिएको अधिकारीले जनाएका छन् । आगलागी बिहीबार स्थानीय समय अनुसार १०ः३० बजे इर्गिज जिल्लाको अक्टोउ  क्षेत्रमा भएको जनाइएको छ । स्थानीय सञ्चारमाध्यमले बसमा कहाँका नागरिक थिए भन्ने नखुलेको बताएका छन् ।

Write a Comment