आफ्नो देशमा आक्रमण नगर्न सिरियाको टर्कीलाई चेतावनी
18-January-2018

जकसन डटकम
पोखरा, ०५ माघ

सिरियाले आफ्नो देशमा कुनै आक्रमण नगर्न टर्कीलाई चेतावनी दिएको छ । सिरियाका सहायक विदेशमन्त्री फैसल मेकदादले आफ्नो देशको हवाई सीमा उल्लंघन गर्ने टर्कीको कुनै पनि लडाकु विमानलाई सिरियाली सेनाले नष्ट गरिदिने बताएका छन् । 

टर्कीले सीमापार कुर्द नियन्त्रणको अफ्रिन क्षेत्रमा सम्भावित हमला गर्न सिरियासँगको सीमा नजिकै सेना जम्मा पारेको बीबीसीले जनाएको छ । यसअघि टर्कीका राष्ट्रपतिले उत्तरी सिरियामा रहेका कुर्द नियन्त्रित दुईवटा क्षेत्रमा हमला गर्ने चेतावनी दिएपछि सिरियाले आफ्नो देशमा कुनै आक्रमण नगर्न टर्कीलाई भनेको हो ।

Write a Comment