दक्षिण कोरियाको अस्पतालमा आगलागीमा ३७ जनाको ज्यान गयो
26-January-2018


जकसन डटकम
पोखरा, १३ माघ

दक्षिण कोरियाको सिजङ अस्पतालमा भएको आगलागीमा ३७ जनाको ज्यान गएको छ । ४१ जनाको ज्यान गएको जनाए पनि अधिकारीले त्यसलाई सच्याउँदै ३७ जनाको ज्यान गएको बताएका छन् । दक्षिण कोरियाको दक्षिण पूर्वी मिरयाङमा रहेको अस्पतालमा शुक्रबार लागेको आगोमा १३० भन्दा बढी घाइते भएका छन् । 

अस्पतालको आकस्मिक कक्षबाट लागेको आगो शुक्रबार निकै समयपछि नियन्त्रणमा आएको थियो । झण्डै २०० जना बिरामी अस्पतालमा रहेको बेला शुक्रबार बिहान अस्पतालमा आगलागी भएको थियो । आगलागीमा ३ जना अस्पतालका कर्मचारी डाक्टर, नर्स र सहयोगी नर्सको ज्यान गएको छ । सन् २००८ देखि सञ्चालनमा आएको उक्त अस्पतालमा ३५ जना कर्मचारी कार्यरत भएको बीबीसीले जनाएको छ ।

Write a Comment