हिरोसिमा बमकान्डको ७० वर्ष पुगेको अवसरमा शोकसभा
6-August-2015

काठमाडौं, श्रावण २१ । जापानको हिरोसीमा परमाणु बमकान्डको ७० वर्ष पुगेको अवसरमा विहीबार जापानको हिरोसीमामा एक शोकसभाको आयोजना गरिएको छ ।

हिरोसीमा मेमोरियल पार्कमा आयोजना गरिएको समारोहमा जापानका प्रधानमन्त्री सिन्जो आबेसहित हजारौं नागरिकको सहभागिता रहेको छ ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री आबेले विश्वबाटै परमाणु निःशस्त्रीकरण गर्नुपर्ने बताए । उनले बमकान्डले हजारौं नागरिकको ज्यान मात्रै लिएको नभइ बाँचेकाहरुलाई पीडादायी घाउ दिएको प्रतिक्रिया दिए ।

समारोहमा सहभागीहरुले मैनबत्ती बाली मृतकको सम्झनामा श्रद्धान्जली अर्पण गरेका थिए ।

सन् १९४५ मा जापानको मुख्य दुई सहर हिरोसिमा र नागासाकीमा भएको परमाणु बम हमला र त्यसको विकीरणका कारण ७० हजार नागरिकको ज्यान गएको थियो । सोही दिनको सम्झनामा जापानमा प्रत्येक वर्षको अगष्ट ६ तारिखका दिन स्मृतिसभाको आयोजना गरिँदै आएको छ ।

Events
Random Picks