सिरिया सरकारद्वारा अमेरिकी आक्रमणप्रति आपत्ति
8-February-2018


जकसन डटकम
पोखरा, २६ माघ

अमेरिकाद्वारा सिरियाका कुर्द र अरब लडाकुमाथि आक्रमण गरेको भन्दै सिरिया सरकारले आपत्ति जनाएको छ । अमेरिकी नेतृत्वको गठबन्धन सेनाले गरेको आक्रमणको सिरियाले निन्दा गरेको हो । अमेरिकी अधिकारीहरुको अनुमानमा उक्त घटनामा सिरियाली सरकार समर्थक झण्डै एक सय सैनिक मारिएका छन् । 

अमेरिका समर्थित सिरियाली प्रजातान्त्रिक सैन्यले इस्लामिक स्टेट समूहको नियन्त्रणबाट आफ्नो कब्जामा लिएका क्षेत्रमा सिरियाली सरकार समर्थक सैनिक प्रवेश गर्न खोजेको आरोप अमेरिकाको छ । सिरियाली सरकारी संचारमाध्यमले अमेरिकी आक्रमणमा दर्जनौं मानिस मारिएका र घाइते भएको जनाएका छन् । अमेरिकी नेतृत्वको गठबन्धनले भने आफू र आफ्ना साझेदारको आत्मरक्षाका लागि आक्रमणकारी सैन्यलाई धपाउन हवाइ कार्वाही गरिएको जनाएको छ । (एजेन्सी)

Write a Comment

Events
Random Picks