‘शायद २’ को प्रिमियर जापानको टोकियोमा हुने ( भिडियो रिपोर्ट )
1-February-2017
चलचित्र शायद २ को प्रचार प्रसारको लागी निर्माता शुभाश लामिछाने जापान देखी नेपाल आयका छन । उनले जापानको शो को लागी सम्पूर्ण तयारी सकियको जनाए । दुर्गिश फिल्मस्ले निर्माण गरेको बहुप्रतिक्षित चलचित्रहरु मध्येको एक चलचित्र ‘शायद २’ ले हङकङबाट प्रदर्शनको सुरुवात गरेको छ । पुष्पराज न्यौपानेले निर्देशन गरेको चलचित्र यस अगाडी चैत्र ४ गते प्रदर्शनमा ल्याउने तयारी गरिए पनि एसएलसी परिक्षाको कारणले जेष्ठ १२ गते नयाँ मिति तोकिएपनि अन्तत असार ३० बाट देशभर प्रदर्शनमा आउने निर्माता सुनिल रावलले जानकारी दिए । निर्माता रावलका अनुसार चलचित्र मार्च १९ का दिन जापानको टोकियोमा प्रिमियर गरिने भएको छ । प्रिमियरमा सहभागी हुन निर्माता सुनिल रावल, दुर्गिस थापा, कलाकार शुसील श्रेष्ठ, स्यारोन श्रेष्ठ र रंग पत्रकार श्याम अर्याल टोकियो जाने भएका छन् । राजु विक्रम थापाको छायांकन, दिर्घ खड्काको सम्पादन, सुगम पोख्रेल र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको सायद–२ मा सुशील श्रेष्ठ, अमृत ढुंगाना, स्यारोन श्रेष्ठ, कुशल पाण्डे, निशा कार्की, बुद्धीलाल मगर, सुनिल रावल, किरण शर्मा र कामना प्रंसाईंको मुख्य भूमिका रहेको छ । निर्माण कार्यमा रावललाई इश्वर श्रेष्ठ र सुभाष लामिछानेले सघाएका छन्

Beautiful Nepal