प्रमोदको अहिले सम्मकै लामो म्युजिक भिडियो
15-February-2017 Nepali

चर्चित गायक प्रमोद खरेलको नयाँ गीत भिडियो सहित सार्वजनिक भएको छ । देव दाहालको शब्द रचना रहेको उक्त गीतमा हरि लम्सालले संगीत दिएका छन् । कोरियाको रमणीय स्थानहरुमा छायँंकन भएको भिडियोमा रिता क्षेत्री, रोहन थापा र देव दाहालको अभिनय देख्न सकिन्छ । नरेन श्रेष्ठको निर्देशन रहेको भिडियोमा कोरियोग्राफी सरोज अधिकारीले गरेका हुन् । विदेशी भुमिबाट उत्कृष्ट म्युजिक भिडियो बनाउन सकिन्न भन्नेका लागि यो भिडियो जवाफ भएको निर्देशक श्रेष्ठले बताए । भिडियो सात मिनेटको बनेको छ । सम्भवत यो अहिलेसम्मको लामो समय अवधिको भिडियो पनि हुन सक्छ ।


Write a Comment