यात्रामा हामी ! हाम्रो पोखरा राम्रो पोखरा
Jul-08-2018

 

-हाम्रो बिहानी रमाइलो बिहानी-

#यात्रामा हामी#

- अर्जुन गुरुङ्ग 

सिरसिर-सिरसिर चिसो चिसो हावाको झोका कता कता पानी परेको होकी झै लाग्ने निन्द्रदेबीले छोडी नसकेको अपुरो सपनमा होकी झै लाग्ने तर मर्निङ वाल्क जानुपर्छ । भन्ने मनमा लागिरहेको हुनुपर्छ । साच्चीकै बिहानी भैसकेको रहेछ, सधै भन्द आज अलि समय अबेर भैसकेको पक्कै हो किनकी कारण थियोे बिश्व कप फुटबलको जुन दिन ब्राजिल र बेल्जियम को अबेर सम्म गेम को थियो कोही खुशी भए । कोही दुखी भए जो जे भएपनि त्यसलाई आ-आफ्नो हिसाबले चित्त बुझाउदै हामीले मर्निङ वाल्क लाई निरन्तरता दिदै आज हामी अलि फरक ठाउमा जानुपर्छ, भन्ने फोन बार्तलाप पश्चात हाम्रो बिहानी यात्रा शुरु भयो हामी हाम्रो घर पोखरा-१३,बाटा हिडियो । त्यस पछि हामी छोरेपाटन बाट उकालो हुँदै शान्ती स्तुपा भै फेवाताल सम्म झरेर पुन फेरी त्यही बाटो फर्कने निर्णय गर्दै, हामी छोरे पाटन बाट उकालो लाग्यौं । जब हाम्रो यात्रा उकालो हुदै शुरु भयो साच्चिकै लाग्थ्यो, पक्कै पनि यात्रा रमाइलो हुनेछ ।

हामी नया बनेको बाटो लाई छोडेर पुरानो बाटो संग आत्मासाथ गर्दै त्यहाको मनोरम दृश्यहरु अवलोकन गर्दै रमाउदै, कहिले त्यो उकाली पछीको चौतारीमा थकान मेटाउदै त कहिले चराचुरुङ्गीको चिरबिर चिरबिर आवज संगै रमाउदै त्याहको भौगोलिक बनावट संगै प्राकृतिक सौन्दर्यको मज्जा लिदै, हामी अगाडी बढी रहयौ । पसिनाको धाराले शरीर भिज्यो तैपनि हामी त्याहको बन-जङ्गल,उकाली-ओराली, भञ्ज्याङ अनि चौतारी, पार्टी पौवा पानी पधेरो,मन्दिर र मनोरम दृश्यहरु संगै लगतार रम्दै रात्रीको त्यो अनिधो लाई बिर्सेर साच्चीकै मनै चङ्गा बनाउने त्यो पल...कतै न्याउली चरीको त कतै कुथुर्के चरीको आवजले मनै उमंग बनाईदिदा लाग्थ्यो, साच्चीकै मीठो यात्रामा छौ हामी, करिब एक घन्टाको उकाली पश्चात हामी त्यो शान्ती स्तुपाको डाडाको पेरीफेरीमा केहीबेर रमाउन थाल्यौं । प्राकृतिक सौन्दर्यले भरिपुर्ण शान्ति स्तुपा, जाह रहदा हामीलाई कुनै एउटा देबलोकमा रहेको अनुभुती हुन्थ्यो ।

फेवाताल लाई आफ्नो काखमा राखेर सधै मुस्कुराई रहेको जस्तो लाग्ने, त्यो पारीडाडाको मनोरम दृश्य र सरङकोट संग आँखा जुधाई माया गरिरहेको होकी झै,लाग्ने साच्चीकै प्राकृतिकको देन हुनुपर्छ ....केही समय हामी त्यही अल्मलियौ किनकी त्यह बाट देखीने दर्जनौ हिम शृङखला र स्वोर्गको टुक्रा जस्तै लाग्ने पोखराको मनोरम दृश्य संगै हामी लोभिनु पुग्यौ।

म संगै यात्राको क्रममा मेरो अति प्रिया सोल्टी "अर्गनिक फ्लेभर खोजी" टाईटल को पात्रा भुपाल कुमार गुरुङ ले यात्राको क्रममा लिएको अति सुन्दर तस्वीरहरु आफ्नो सेलफोन क्यमेरामा कैद गर्दै हामी ओरालो बाटो हुँदै फेवाताल संग रमाउन तल किनार सम्म झर्‍यौ । ओरालो झर्दाको समय निकै थाकीसकेको थियो खुट्टाहरु थर-थर कापीरहेको थियो तैपनि हामी यात्रालाई निरन्तरता दिदै कहिले जङ्गलको बाटोमा भेटीएको एशालु खादै त कहिले मीठो गफमा जङ्गल बीचको चौतारीमा थकाइ मार्दै हामी बिहानी यात्राको अन्तिम गन्तव्य सम्म पुग्यौं र केहीबेरको मीठो बसाई पछी पुन हामी सोही बाटो हुँदै रमाउदै घर फर्कीयौ अनि भन्दै हिडयौ आजको यात्रा निकै रमाइलो भयो है....।

 

 

Gallery

Write a Comment

Events
Random Picks