
पोखराका ४ वटा शैक्षिक परामर्शदातृ संस्थाहरुको संयुक्त आयोजनामा पोखरामा ‘टिम एजुकेशन एण्ड करियर फेयर २०२१’ हुने भएको छ। विद्यार्थीलाई कोभिड पछिका बैदेशिक शिक्षा प्रणाली, भिसा प्रक्रिया र छात्रवृत्तिको विषयमा सूचना प्रवाह गर्ने उद्धेश्यले पोखराका थर्डआई एजुकेशन, इम्पल्स एजुकेशन, मिराकल इन्स्टिच्युट प्रालि र मिराई इन्टरनेशनल एजुकेशनले संयुक्त फेयर आयोजनमा गर्न लागेका हुन।
यही चैत ६ गते शुक्रबार पोखराको न्युरोडस्थित सिटी स्क्वायर बैंक्युटमा हुन लागेको फेयरको तयारी तिब्र बनाइएको आयोजक टिमले बताएको छ।
उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको फेयरफेयरमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ। उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी तथा अभिभावकका लागि फेयर निकै उपयोगी हुने आयोजकले बताएको छ।