मनोरन्जनमनोरन्जन समाचारविजनेशविजनेश न्युज

‘हाम्रो मार्ट’ सुपरमार्केटको ब्राण्ड एम्बेसडरमा लोक गायकद्धय शिव हमाल र रामजी खाँण

पोखराको छोरेपाटन–१७ मा सञ्चालनमा आएको ‘हाम्रो मार्ट’ सुपरमार्केटको ब्राण्ड एम्बेसडरमा लोक गायकद्धय शिव हमाल र रामजी खाँण नियुक्त भएका छन् । हमाल र खाँण ३ वर्षसम्मको लागि एम्बेसडरको रुपमा रहनेछन् । यो अवधिमा एम्बेसडरद्धयले सुपरमार्केटको विभिन्न माध्यमबाट प्रोमोशन (प्रचार-प्रसार) गर्नेछन् ।

‘यो मार्टको सञ्चालक मध्येकेही कोरियामा पनि हुनुहुन्छ । हामी कोरियामा कार्यक्रममा जानेबेला व्यावसायिक सहयात्राको कुरा भएको थियो,’ सर्जक शिव हमाल भने्, ‘सोही अनुसार हामीलाई एम्बेसडरको रुपमा रहनको लागि आग्रह गर्नुभएको थियो ।’

उनले यस ब्रान्डको प्रमोशनको लागि कार्यक्रमको शिलशिलामा माउथ पब्लिसिटी गर्ने देखि आफ्नै युटुव च्यानलबाट अपलोड हुने भिडियोहरुमा ब्रान्डको लोगोलाई स्थान दिने बताए ।

गायक खाँणले आफू कार्यक्रमको शिलशिलामा जहाँ गएपनि यसको प्रमोशन गर्ने बताए । ‘हाम्रो मार्ट’मा होलसेल रेटमा फ्रि होम डेलिभरीको साथमा कोरियन सामानहरु पाउने सञ्चालक राज मल्लले बताए ।

फोटो :- सचिन मल्ल ठकुरी /जक्सन डट कम

सम्बन्धित खबर

Close