विजनेशविजनेश न्युज

यातायात व्यवसायीलाई गरिमाको राहत : १ महिनाको ब्याज छुट

लकडाउनका कारण सबैभन्दा बढी मारमा परेको भन्दै गरिमा विकास बैंकले यातायात व्यवसायीहरूलाई १ महिनाको ब्याज छुट दिने निर्णय गरेको छ ।

बैंकको बोर्डले गरेको निर्णयअनुसार सार्वजनिक सवारीसाधनअन्तर्गतका सवारीसाधन, पर्यटकीय प्रयोजनका साधन र ट्याक्सीलाई एक महिनाको ब्याज छुट दिनेछ । यो छुट ‘हायर पर्चेज’ कर्जाको नाममा कर्जा लिएका ऋणीहरूलाई मात्र हुने बैंकले जनाएको छ ।

सवारीसाधन कर्जामा लिएर सञ्चालन गर्दै आएका व्यवसायीलाई बैंकले दिएको छुटबाट राहत महसुस हुने गरिमा विकास बैंकका सीईओ गोविन्द ढकालले बताए । ‘थोरै सहयोगले यातायात व्यवसायीलाई ठूलो राहत पुग्छ भने किन नदिने ? सुरुवात हामीले गरेका छौँ । यसको निरन्तरता अन्य क्षेत्रबाट पनि होस्,’ उनले भने ।

लकडाउनले व्यवसाय चौपट भएको भन्दै राष्ट्र बैंकले ब्याजमा २ प्रतिशतको छुट दिने निर्णय गरेको थियो । गरिमा विकास बैंकले भने राष्ट्र बैंकले दिएको २ प्रतिशत छुटसहित एक महिनाको ब्याज तिर्नु नपर्ने व्यवस्था गरेको हो ।

सम्बन्धित खबर

Close